वरिष्ठ हास्य कलाकार आनन्द थापाको निधन

वरिष्ठ हास्य कलाकार आनन्द थापाको निधन


काठमाडौं – वरिष्ठ हास्य कलाकार आनन्द थापाको गएराती भक्तपूरको झोर्खेलस्थित उनकै निवासमा निधन भएको छ । ८६ वर्षीय कलाकार थापा लामो समयदेखि पक्षघात लगायतका स्वास्थ्य समस्याबाट पिडित थिए ।

थापाले कान्छी, माया प्रिति, मनको बाँध, कुमारी, वरदान, अचानक, राज, प्लान लगायतका थुप्रै चलचित्रमा सशक्त भूमिका निर्वाह गरेको थिए ।

यसका साथै उनले थुप्रै नाटक तथा दर्जनौं टेलिचलचित्रमा पनि अभिनय गरेका थिए । थापाले अभिनय गरेको म त तिम्रो घनश्याम तिमी मेरो राधा पियारी… गीत अहिले पनि उत्तिकै चर्चित छ । थापाको पार्थिव शरीरलाई बिहान १० बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पशुपतिको आर्यघाटमा राखिएको छ ।

आर्यघाटमा उनलाई श्रद्धाञ्जली दिनका लागि थुप्रै कलाकार उपस्थित भएका छन् । थापाको दिउँसो साढे १२ बजे दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । थापाका ३ छोरा छन् ।