फेरि ५० रुपैयाँले बढ्यो अन्डाको भाउ

फेरि ५० रुपैयाँले बढ्यो अन्डाको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको छ ।

उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अन्डाको भाउ बढाएको हो ।

चितवनलाई आधार बनाएर अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो ।

भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको छ भने उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा पर्ने छ ।