३० रुपैयाँले बढ्यो अण्डाको मूल्य

३० रुपैयाँले बढ्यो अण्डाको मूल्य


काठमाण्डु -अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको भाउ बढाएको हो ।

मूल्य बढेसँगै ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४ सय ९५ पुगेको छ। यसअघि प्रतिक्रेट ४ सय ६५ रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ३० ले बढेको हो।

यस्तै मझौला अण्डाको फार्म मूल्य ४ सय ७५ कायम गरिएको छ। यसअघि यो अण्डा रु चार सय ४५ मा बिक्री हुँदै आएको थियो।

किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ। सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो।