काठमाण्डु– केहि समयदेखि लगातार बढेको अण्डाको मूल्यमा भारी गिरावट आएको छ। आज (सोमबार) देखि लागू हुने गरी अण्डाको भाउ प्रतिक्रेट ६० रुपैयाँले घटेको हो ।
गत माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रहेको अण्डाको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ।
माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम रु ४७५ पुगेको थियो।
गत मङ्सिरमा ठूलो अण्डा ५६५ प्रतिक्रेट र मझौलाको ५५० रुपैयाँ कायम भएर अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो।
अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यस आधारमा लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँने नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।
संघले चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गरेको छ ।




प्रतिक्रिया