राजसंस्थाको पक्षमा दिनदिनै आन्दोलन गर्ने घोषणा, भोलि माइतीघर मण्डला आउन आह्वान

राजसंस्थाको पक्षमा दिनदिनै आन्दोलन गर्ने घोषणा, भोलि माइतीघर मण्डला आउन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले लक्ष्य प्राप्ति नभएसम्म दिनदिनै आन्दोलन जारी रहने घोषणा गरेका छन् ।

बिहीबार पूर्णरूपमा आन्दोलन सफल भएको दाबी गर्दै सुवेदीले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् ।

‘जनताको चाहनामा लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन जारी रहनेछ । शान्तिपूर्ण जनआन्दोलन जारी छ, पहिलो दिन हाम्रो आन्दोलन पूर्ण सफल भएको छ,’ उनले भने ।

सुवेदीले आगामी दिनहरूमा पनि सहभागिताका लागि आह्वान गरेका छन् । ‘भ्रष्ट शासक र व्यवस्थाको अन्त्य गरौं । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र सहितको बहुदलीय प्रजातन्त्र स्थापना गरौं,’ उनले भने ।

समितिले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्दै भोलि शुक्रबार दिउँसो साढे १२ बजे माइतीघर मण्डलामा भेला हुन आह्वान गरेको छ ।