भोलिदेखि माइतीघरमा चिकित्सकको आन्दोलन, धर्नामा आउन संघको आह्वान

भोलिदेखि माइतीघरमा चिकित्सकको आन्दोलन, धर्नामा आउन संघको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चिकित्सक संघले भोलि शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिने भएको छ ।

संघले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकलाई ११ बजे माइतीघर मण्डला र उपत्यका बाहिराका चिकित्सकलाई जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन आह्वान गरेको छ ।

चिकित्सा शिक्षा आयोगको १६औं बैठकले गरे अनुरूपको निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता पाउने निर्णय अझै कार्यान्यन नभएकाले आन्दोलन जारी रहेको संघका महासचिव डा. सञ्जीव तिवारीले जनाएका छन् ।

आयोगको माघ २५ गते बसेको १६औं बैठकले निजी मेडिकल कलेजले सरकारीसरह पीजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १९औं बैठकमा निजी मेडिकल कलेजका आवासीय चिकित्सक ४८ हजार ७३७ निर्वाह भत्ता पाउने निर्णय गरेको थियो । निजी सञ्चालन पनि आठौं तहसरह नभई ४८ हजार ७३७ रुपैयाँ दिन राजी भएका छन् ।

मेडिकल कलेजले आठौं तहका चिकित्सकले पाउनुपर्ने सेवासुविधा नदिएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाइएको छ ।