जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु

जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु भएको छ ।

काठमाण्डुको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा ३ जना प्रदर्शनकारीको निधन भएको छ ।

आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको छ । प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत २ घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका १ प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उता ट्रमा सेन्टरमा उपचाररत थप ५  आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।