केन्द्रीय संयुक्त सङ्घर्ष समितिद्वारा निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

केन्द्रीय संयुक्त सङ्घर्ष समितिद्वारा निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– केन्द्रीय संयुक्त सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरू गर्ने र फागुन १३ देखि १८ गतेकाबिचमा स्थानीय अनुकूलता हेरेर इटहरी, जनकपुर, चितवन, काठमाण्डु, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका सहरहरूमा बहिष्कार सभाहरू आयोजना गर्ने निर्णय गरेकोे विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।