‘नो केबलकार’ आन्दोलनमा सुरक्षाकर्मीसँग मुठभेड, १२ जना घाइते

‘नो केबलकार’ आन्दोलनमा सुरक्षाकर्मीसँग मुठभेड, १२ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – पदयात्रा गर्दै ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच मुठभेड भएको छ ।

पाथीभराको केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार’ आन्दोलनरत समूहले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि झडप भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्रप्रसाद शर्माले बताए ।

झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका बताउँदै उनले घाइते हुनेमा सुरक्षाकर्मी धेरै रहेका बताए ।

सीडीओ शर्माले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको बताए । पाथीभरामा केबलकार निर्माणमा विरोध गर्दै आएको समूह बिहीबार पदयात्रा गर्दै ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ गएकोमा झडपको भएको छ ।

निर्माणस्थल कब्जामा लिने भन्दै आन्दोलनकारीले सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको छ ।