पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलनमा उत्रिए(भिडियोसहित)

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलनमा उत्रिए(भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – भारतले जारी गरेको नयाँ नक्साको विरोध गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरु बिरोधमा उत्रिएका छन् ।

कुपण्डोलस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आबद्ध विद्यार्थीले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै नेपालको राष्ट्रिय झण्डा बोकेर बिहीबार बिहान विरोध प्रर्दशन गरेका हुन् ।

 

लामो कपाल, कम्ब्याट ड्रेस लगाएका एक आक्रोशित युवाको नेतृत्वमा निस्किएको उक्त जुलुसमा कलेज ड्रेस लगाएका करिब एक दर्जन विद्यार्थी सामेल थिए ।

  

जुलुसमा उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘लिपुलेक फिर्ता गर’ जस्ता नारा लगाएका थिए । प्रद्धर्शनमा उत्रिएका एक युवाले आफुहरुले सडकमा रहरले नभई बाध्यताले निस्किएको बताए । उनीहरुले कुपन्डोल–पुल्चोक सडक खण्डमा सवारी साधन समेत तोडफोड गर्न खोजेका थिए ।

प्रदर्शनका कारण कुपण्डोल–पुल्चोक सडक खण्डमा केही बेर सवारी अवागमन समेत अवरुद्ध भएको थियो ।