एन्फा महिला लिग फुटबलको छनोट आजदेखि हुँदै

एन्फा महिला लिग फुटबलको छनोट आजदेखि हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला लिग छनोट बिहीबारदेखि शुरू हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रङ्गशालामा हुने खेलमा १४ वटा टोली सहभागी हुनेछन । पाँच टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ ।

समूहका शीर्ष दुई टोली महिला लिगका लागि छनोट हुनेछन् । दुई समूहका तेस्रो हुने टोलीबीचको प्रतिस्पर्धाको विजेता टोली पाँचौं टोलीका रुपमा अन्तिम चरणमा पुग्नेछ ।

छनोटमा न्युरोड टिम (एनआरटी), स्टुडेन्ट फुटबल क्लब, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एन्ड बीच, राप्ती फुटबल क्लब, एनबीएम पोखरा गर्ल्स एफसी, नेपाल खेलकुद क्लब सहभागी छन् ।

त्यस्तै लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी रयाले, चर्च ब्वाइज युनाइटेड, छहारी युवा क्लब, बुटवल लुम्बिनी एफसी र सङ्कटा क्लबले पनि छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।