किन भयो एन्फा कार्यसमिति बैठक स्थगित ?

किन भयो एन्फा कार्यसमिति बैठक स्थगित ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । आज दिउँसो तीन बजे बोलाइएको बैठक अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा स्थगित भएको हो ।

एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले बताए ।

आज स्थगित भएको बैठकमा बिबादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिपबारे छलफल हुने जनाइएको थियो ।

पछिलो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज निकै दवावमा परेका छन् । तीन समूहलाई समेट्दै गर्ने नियुक्तिनै कठिन छ ।