काठमाण्डु- एनआइसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवामार्फत बैंकमा गई ग्राहकहरूले कुनै भौतिक फारम बिना आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्नेछन् ।
त्यस्तै यो मेसिनबाट एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्छ । एक जना ग्राहकले आफ्नो खातामा दैनिक अधिकतम ९९ हजार पाँच सयसम्म नगद जम्मा गर्न सक्ने सुविधा रहेको छ ।
मेसिनबाटै रकम जम्मा कसरी गर्ने ?
बैंकको नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइक्लर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने र राख्ने बक्स खुल्छ ।
उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले मिलाएको छ ।
बैंकले सो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा मात्र सञ्चालनमा ल्याएको छ । बैंकले यस सेवालाई भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको जनाइएको छ ।




प्रतिक्रिया