काठमाण्डु – एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको पाँच दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले हाल कायम एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजीबाट सो पाँच दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया