संघीयता र समावेशीता अझै पूर्ण भएन : अनिल झा

संघीयता र समावेशीता अझै पूर्ण भएन : अनिल झा


काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले संघीयताको महसुस गर्न नसकेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले वर्तमान संविधानमा सबैथोक समावेस भएपनि केही नभएजस्तो देखिएको बताए ‘संविधान बनेको ५ वर्ष भइसक्यो तर त्यही एजेण्डाको विषयमा छलफल भएन जसका लागि तपाईहरुले जनयुद्ध गर्नुभयो र हामीले शान्तिपूर्ण आन्दोलन गर्यौं ।’

संघीयता र समावेशीता अझै पूर्ण नभएको भन्दै त्यसलाई पूर्ण बनाउन माओवादी केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने खाँचो औंल्याए ।