एमाले अध्यक्ष ओलीले दिए जनार्दनका भाई अनिललाई काठमाडौंबाट टिकट,माओवादीभित्र सुरु भयो लफडा

एमाले अध्यक्ष ओलीले दिए जनार्दनका भाई अनिललाई काठमाडौंबाट टिकट,माओवादीभित्र सुरु भयो लफडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रको टिकट वितरणमा नातावाद र कृपावाद हामी भएको भन्दै कार्यकर्ताले चर्को विरोध सुरु गरेका छन् ।  काठमाडौं माओवादी केन्द्रमा टिकटको विषयलाई लिएर फेरी लफडा सुरु भएको छ । त्यो पनि माओवादी केन्द्रका आफन्तले टिकट पाएको र स्थानियलाई टिकट नदिएकोे गुनासो स्थानिय कार्यकर्ताको छ ।

 

 

माओवादी केन्द्रकी नेता समेत रहेकी निवर्तमान सांसद रुपा महर्जनले सामाजिक संजाल फेसबुकमा विहिवार टिकट वितरणप्रती असन्तुष्टि जनाउदै स्टाटस लेखेकी छन् ।

 

 

उनले फेसबुक वालमा यस्तो लेखेकी छन् –कहिले हिसिला मेडम कहिले नेताको भाईलाई छोड्नुपर्ने कस्तो होला यो काठमाडौं ८ ?  सांसद महर्जनले माओवादी नेता एवंम् पुर्व गृहमन्त्री जनार्दन शर्माका भाई अनिल शर्मालाई दिइएको टिकट वितरणप्रती यस्तो असन्तुष्टि जनाएकी  थिईन ।

 

 

 

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पराजित भएका शर्माले रुकुममा प्रदेश सभामा उम्मेदवार बन्न खोजेका थिए । तर,पार्टीभित्र थुप्रै सिनियर नेता हुदा हुदै शर्मालाई टिकट दिन नहुने दबाव कार्यकर्ताबाट आएपछि उनले रुकुममा टिकट पाएनन् ।

 

 

 

बुधवार दिउसो काठमाडौं क्षेत्र नम्बर १ बाट अनिल शर्माको नाम आएपछि सबै माओवादी नेताहरु तिन छक परे । आखिर तल्लो कमिटीबाट सिफारीस नै नभई कसरी अनिललाई टिकट दिइयो । सवैको चासो अनिलले काठमाडौंबाट कसरी टिकट पाए भन्ने थियो । काठमाडौंको भुगोलमै काम गरेका विद्यार्थी नेताहरु लेखनाथ न्यौपाने,रमेल मल्ल र हिमाल शर्माले हुदा हुदै अनिलले टिकट पाएपछि त्यसले माओवादी बृतमा हल्लिखल्ली ल्यायो ।

 

 

माओवादी स्रोतकाअनुसार अनिललाई माओवादीले नभई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन । माओवादी अध्यक्ष प्रचण्ड निकट स्रोतकाअनुसार जनार्दनले अध्यक्ष प्रचण्डलाई आफ्ना भाई अनिललाई कुनै पनि हालतमा टिकट दिनुपर्ने दबाव दिएका थिए । उनले आफुले त्यसका लागी एमालेबाट थप एक सिट बढी ल्याउने दाबी गरेपछि प्रचण्डले त्यसो भए ठिक छ भनेर सहमती जनाए ।

 

 

उनले एमाले अध्यक्ष ओलीलाई आफ्नो भाईका लागी काठमाडौंमा एक सिट छोडिदिन आग्रह गरेपछि कमजोर मानिएको काठमाडौं क्षेत्र नम्बर १ छोड्न ओली सहमत भए । काठमाडौं १ बाट कांग्रेस नेता प्रकाशमान सिंह र संचारकर्मी समेत रहेका साझा पार्टीका नेता रविन्द्र मिश्र चुनावी प्रतिस्पर्धामा छन् ।

 

 

माओवादीले काठमाडौंमा सुरुमा तीन सिट केन्द्रमा र तीन सिट प्रदेशमा पाउने सहमती बनेको थियो । तर,काठमाडौं एक पनि पाउने भएपछि प्रचण्डले जनार्दनको प्रस्तावमा सहमती जनाएको माओवादी स्रोतले बतायो ।

 

 

 

माओवादीले १० बाट हितमान शाक्य, ६ बाट झक्कु सुवेदी र ८ नम्बरबाट काठमाडौंका नेवार समुदायका माओवादी नेता उमेश स्थापितलाई उठाउने निर्णय गरेको थियो । स्थापितले झन् टिकट नै पाइसकेका थिए ।

 

 

तर, कार्यदलको बैठकमा एमालेले फेरी अडान लियो । कार्यदलका एक सदस्यकाअनुसार एमालेले काठमाडौं क्षेत्र नम्बर ८ कुनै पनि हालतमा माओवादीलाई दिन नसकिने अडान लिएपछि अन्तिममा माओवादी काठमाडौंमा केन्द्रमा तीन र प्रदेशमा दुई सिटमा मात्रै सिमित भयो । माओवादीको भागमा प्रदेशमा क्षेत्र नम्बर ३ र १० परेको छ ।

 

 

काठमाडौंको नेवार समुदायका नेताहरु जनार्दनका भाई अनिलका कारण आफ्नो क्षेत्र गुमेको भन्दै असन्तुष्ट छन् ।

 

 

उनिहरुले माओवादीले काठमाडौंको नेवारलाई बेवास्ता गरेको भन्दै पार्टी अध्यक्षसंग असन्तुष्टि जनाइसकेका छन् ।  स्रोतकाअनुसार माओवादी केन्द्रका नेता स्थापितलाई प्रदेशसभामा टिकट दिने तयारी भएपनि सहमती भने भएको छैन् ।