उद्योग बाणिज्य महासंघको अध्यक्षमा अञ्जन

उद्योग बाणिज्य महासंघको अध्यक्षमा अञ्जन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी अन्जन श्रेष्ठले लिएका छन् । श्रेष्ठ यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए ।

महासंघ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । श्रेष्ठ ०५९ सालमा पहिलोपटक महासंघको केन्द्रीय कार्यसमिति सदस्य चयन भएका थिए ।

उपाध्यक्ष हुँदै ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पाएका श्रेष्ठले रोजगारदाता समिति, राजस्व समिति र उद्योग समितिको जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरेका छन् ।

पोखरामा मिठाई सपलबाट सुरु भएको श्रेष्ठ सम्मिलित लक्ष्मी ग्रुपले पछिल्लो समय अटोमोबाइल र स्टिल उद्योगमा जबर्जस्त उपस्थिति जनाएको छ । लक्ष्मी ग्रुप हुण्डाई मोटरको नेपालका लागि आधिकारिक डिलर हो ।