जर्मनीमा १६ वर्षपछि एन्जेला मर्केलको पार्टी पराजित

जर्मनीमा १६ वर्षपछि एन्जेला मर्केलको पार्टी पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वर्लिन – जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ ।

एन्जेला मर्केलको सत्तारुढ क्रिश्चियन डेमोक्रयाटिक युनिय (सीडीयु) १६ वर्षपछि पहिलो पटक पराजित भएको छ । संसदको सात सय ३० सिटका लागि भएको निर्वाचनको अन्तिम परिणाम भने सार्वजनिक भइसकेको छैन् ।

पछिल्लो गणनामा एसपीडीले दुई सय पाँच, सीडीयुले एक सय ९४, ग्रीन पार्टीले एक सय १६ र एफडीपीले ९१ सिट ल्याएको छ । तर, एसपीडीले सरकार गठनका लागि प्रष्ट ‘म्यान्डेट’ प्राप्त गरेको दाबी गरेको छ । सत्तारुढ सीडीयुले पनि सरकार गठनको दाबी गरेको छ ।

कुनै पनि दलले प्रष्ट बहुमत ल्याउने नदेखिएकोले तीन ठूला पार्टीको नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना देखिएको छ ।

‘सर्वेक्षण हामी अगाडि देखिएका छौ । हाम्रो विजय निश्चित छ,’ सोसल डेमोक्रयाटिकबाट चान्सलरका उम्मेदवार ओलाफ सोल्जले भने । लगातार १६ वर्ष जर्मनीको सत्तामा रहेकी मर्केलले आफू पुनः चान्सलरका लागि प्रतिष्प्रर्धा नगर्ने घोषणा गरिसकेकी छिन् ।