काठमाण्डु– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्।
एञ्जिलाले २०२४–०२५ सिजनको ग्रिस वुमेन्स सुपर लिग खेल्ने भएकी हुन् ।
उनी क्लब निस एट्रोमिटोउमा आबद्ध भएकी छिन् ।
एञ्जिलाले यसअघि भारतमा दुई सिजन र पाकिस्तानबाट एक सिजन लिग खेलेकी छिन्। नेपालबाट युरोपियन लिग खेल्ने एञ्जिला दोस्रो खेलाडी बन्नेछिन्।
यसअघि राष्ट्रिय टोली र एपीएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फ्रान्सको शीर्ष डिभिजनको क्लब एन अभान्टा ग्वेङगाम्पबाट लिग खेल्ने तयारीमा छिन्।




प्रतिक्रिया