संवैधानिक इजलासमा अन्जु पन्तको ‘न बिर्से तिमिलाई’ गीत गुञ्जियो

संवैधानिक इजलासमा अन्जु पन्तको ‘न बिर्से तिमिलाई’ गीत गुञ्जियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाईमा लगातार बहस भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत पुस ५ गते संसद विघटन गरेपछि दर्ता भएको रिटमाथि बहस जारी छ ।

आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिटको सुनुवाईमा आज संवैधानिक इजलासभित्र गायिका अन्जु पन्तको गीतको चर्चा भएको छ ।

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले नेपालको संविधानलाई गीतसँग जोड्दै ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ भन्दै दुई लाइन गीत गाएका थिए ।

घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले प्रत्येक कानून व्यावसायीलाई १५ मिनेट बोल्ने समय दिएका छन् । एकै जनाले मात्रै लामो समय बोल्न थालेपछि समय निर्धारण गरेका हुन् ।