काठमाण्डु – महानगरीय प्रहरी परिसर टेकुमा प्रहरीले सोधपुछ गरेपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालय लगिएको छ ।
फिल्म निर्माता कम्पनीको ठगी सम्बन्धी उजुरीको अनुसन्धानका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सोधपुछका क्रममा अनमोलले १० लाख रुपैयाँ फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको दाबी गरेका छन् । उनले कथा चित्त नबुझेर सुटिङ अस्वीकार गरेको बयान दिएका स्रोतले जनाएको छ ।
सरकारी वकिल कार्यालयपछि प्रहरीले उनलाई जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । फिल्म रावायणको आर्थिक लेनदेन विवादमा निर्माताले अनमोलविरुद्ध उजुरी दिएपछि उनी पक्राउ परेका थिए ।




प्रतिक्रिया