अन्नपूर्ण बेश क्याम्पबाट १ सय ६२ जनाको उद्वार

अन्नपूर्ण बेश क्याम्पबाट १ सय ६२ जनाको उद्वार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरीले म्याग्दीको अन्नपूर्ण बेश क्याम्पबाट १ सय ६२ जनाको उद्वार गरेको छ । बिहीबार बिहान सम्म सशस्त्रले १ सय ६२ जनाको उद्वार गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेश क्याम्पतर्फ गएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो ।

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउँदै उद्वार गरिएको थियाे । सबै पर्यटकको उद्वार भएपछी यतिखेर बेश क्याम्प खाली भएको छ ।

बुधबार मात्रै बेशक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो ।

उद्वार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।

उद्वार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या भने देखिएको छैन ।