अन्नपूर्ण पोष्टका सम्पादकले दिए राजीनामा

अन्नपूर्ण पोष्टका सम्पादकले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक हरि बहादुर थापाले राजीनामा दिएका छन् । अन्नपूर्ण दैनिक प्रकाशक क्याप्टेन रामेश्वर थापालाई सम्पादक थापाले राजीनामा पत्र बुझाएका हुन् ।

जिल्लामा काम गर्ने पत्रकारहरुलाई फागुन महिनाबाट तलब नदिइएको, केन्द्रमा काम गर्ने पत्रकारहरुलाई पनि आधा तलबमा काम गर्न व्यवस्थापनले दवाब दिएको बताइएको छ ।

थापाले त्यसको विरोध गर्दै आएका थिए । उनले श्रमजिवीहरुलाई संकटको घडीमा कामबाट निकाले आफैं राजीनामा दिने चेतावनी दिँदै आइरहेका थिए ।