काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन (केपी शर्मा ओली) अनेरास्ववियूले संगठनको सम्पती दुरूपयाेग नगर्न प्रचण्ड– माधव नेपाल समूहकाे विद्यार्थी संगठनलाई चेतावनी दिएको छ ।
संयोजक ऐन महरले बुधबार एक विज्ञप्ति जारी गर्दै संगठनको सम्पतिको सुरक्षाका लागि कडा कदम चाल्न बाध्य हुने प्रचण्ड–नेपाल पक्षका विद्यार्थीलाई दिइएको छ ।
‘एक झुण्डले संगठन विरोधी क्रियाकलाप गरेको, संगठनको मूल नेतृत्वविरुद्ध तथानाम बोलेको पाइएकाले यस्ता कार्य तत्काल रोक्न आह्वान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘संगठनको कार्यालय, लेटर प्याड र अन्य सम्पतिको दुरुपयोग नगर्न सचेत गराउँदछौं । यस क्रियाकलाप जारी राखे संगठनात्मक कारबाही गर्न र संगठनको सम्पतिको सुरक्षाका लागि कडा कदम चाल्न अनेरास्ववियू बाध्य हुनेछ ।’
त्यस्तै अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटन गरेर ताजा जनादेशमा जाने ककदमलाई आफुहरुको समर्थन रहेको बताएको छ ।





प्रतिक्रिया