अन्तर्घात छानबिन गर्न विष्णु पौडेलको नेतृत्वमा एमालेले बनायो समिति

अन्तर्घात छानबिन गर्न विष्णु पौडेलको नेतृत्वमा एमालेले बनायो समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावमा भएको अन्तरघातको छानबिनका लागि समिति गठन गरेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

पार्टीभित्रैबाट भएका अन्तरघातका घटनाहरूको छानबिन र कारबाहीका लागि समिति गठन भएको हो । समितिमा संगठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल सदस्य छन् ।

समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ । एमालेले पार्टीभित्र अन्तरघात भएको कारण चुनावमा पराजित हुन परेको बताउंदै आएको छ ।