काठमाण्डु– जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका ४ युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।
यस्तै प्रदर्शनमा ज्यान गुमाएका २ प्रहरी जवानको पनि अन्त्येष्टि गरिएको छ ।











प्रतिक्रिया