अन्तिम गोली रहँदासम्म भारतसँग लड्न पाकिस्तान तयार :पाकिस्तानी सेना

अन्तिम गोली रहँदासम्म भारतसँग लड्न पाकिस्तान तयार :पाकिस्तानी सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेका बेला पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आइरहेका छन् ।

पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ। विदेश मन्त्री शाह महमुद कुरैशीले भने, “पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन तयार छ। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न पूर्ण रूपमा तयार अवस्थामा छन्।“

कुरैशीले पाकिस्तानमा कश्मीरबारेको विशेष समितिको बैठकपछि उक्त धारणा व्यक्त गरेका हुन्। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पनि भनेका छन्, कश्मीरकोनिम्ति पाकिस्तान अन्तिम सेना र अन्तिम गोली रहँदासम्म लड्ने छ।

उनले भने, “भारतले स्वतन्त्र कश्मीरबारे बिर्सियोस् र आफ्नो नियन्त्रणमा रहेको कश्मीरको बारेमा कुरा गरोस्। पाकिस्तान भारतको कुनै पनि दुस्साहसको जबाफ दिन तयार छ।“