नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन राष्ट्रसंघले सहयोग गर्छ : महासचिव गुटेरेस

नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन राष्ट्रसंघले सहयोग गर्छ : महासचिव गुटेरेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसंघले सघाउने बताएका छन् ।

आज मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसंघले भूमिका खेल्ने बताए ।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । ‘नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसंघले सहयोग गर्नेछ । अहिले नेपालले अल्पविकसित मुलुकहरूको अध्यक्षता गरिरहेकोमा अरु देशका लागि पनि नेपालले चाल्ने कदमको महत्त्वपूर्ण अर्थ रहन्छ,’ उनले भने ।

नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी गतिविधिको प्रशंसा गर्दै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

जलवायु परिवर्तनका असर न्युनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उनको भनाइ छ । ‘जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन । संयुक्त राष्ट्रसंघले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौं । राष्ट्रसंघ सहयोग गर्न तयार छ,’ गुटेरेसले भने ।

संयुक्त राष्ट्रसंघ र नेपालबीच लामो समयदेखिको सम्बन्ध रहेको पनि उनले बताए ।