काठमाडौं । सरकारका तर्फबाट विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुलाई उपलब्ध गराइने पुँजीगत अनुदानको रकम विवरण सार्वजनिक भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी आफूमा नीहित रहेको अवस्थामा प्रधानमन्त्री ओलीले पूर्व नेकपा (एमाले) का नेताका नाममा खोलिएका संंघसंस्था तथा प्रतिष्ठानहरुमा करोडौं रकम पुँजीगत अनुदानको रुपमा विभिन्न ५२ प्रतिष्ठानहरुलाई कूल २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् ।
यसमा पूर्व एमाले महासचिव मदन भण्डारीको स्मृतिमा खोलिएका २ प्रतिष्ठानलाई मात्रै ९ करोड २५ लाख प्रदान गरिएको छ । मन्त्रालयबाट मदन भन्डारी स्मृति फाउन्डेसनको नाममा ४ करोड २५ लाख र मदन भन्डारी स्मृति प्रतिष्ठानको नाममा ५ करोड रुपैयाँ निकासा गरिएको छ । यसैगरी, पुष्पलाल स्मृति प्रतिष्ठानलाई २ करोड तथा पुष्पलाल अध्ययन केन्द्रलाई १ करोड रूपैयाँ अनुदान उपलब्ध गराइएको छ । जिपी (गिरिजाप्रसाद) कोइराला फाउन्डेसनको नाममा १ करोड रुपैयाँ स्वीकृत गरिँदा रवीन्द्र अधिकारी प्रतिष्ठानलाई पनि समान १ करोड रूपैयाँ निकासा गरिएको छ ।
सहाना प्रधान प्रतिष्ठानका नाममा ५० लाख, सैलजा आचार्य आदर्श समाजका नाममा ४० लाख, सैलजा आचार्य स्मृति प्रतिष्ठान, चितवनका नाममा ४० लाख, जननायक बिपी कोइराला स्मृति ट्रष्टको नाममा ५० लाख रुपैयाँ निकासा दिँदा मनमोहन स्मृति प्रतिष्ठानलाई ५० लाख रुपैयाँ प्रदान गरिएको छ । तराई(मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानलाई २५ लाख तथा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानलाई १० लाख रुपैयाँ दिइएको छ ।




प्रतिक्रिया