धनकुटा जिल्ला अस्पताललाई जापान सरकारले अनुदान सहयोग गर्ने

धनकुटा जिल्ला अस्पताललाई जापान सरकारले अनुदान सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा – धनकुटा जिल्ला अस्पताललाई जापान सरकारले अनुदान सहयोग गर्ने भएको छ । जापानी राजदुतले अस्पताललाई अनुदानमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने भएको हो । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापाको पहल तथा विशेष अनुरोधमा जापान सरकारको अनुदान सहयोग अस्पतालमा आउने भएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको अक्सिजन प्लान्टको हस्तान्तरण जापानी राजदुत साईगो मासामिचीद्धारा गर्ने भएको हो ।

पूर्व पहाडी जिल्लाहरुका जनतालाई सुविधा दिनका लागि जिल्ला अपस्तालमा उक्त अक्सिजन प्लान्ट निर्माण गर्न जापानी राजदुतलाई आग्रह गरिए अनुसार जापान सरकारको १ करोड वढी लागतमा निर्माण सम्पन्न गरिएको थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल थापाले जानकारी दिए ।

सो अक्सिजन प्लान्ट बाट जिल्ला अस्पताल लगायत पूर्वी पहाडी जिल्लाहरुका अस्पताललाई अक्सिजन उपलब्ध गराउन सकिने धनकुटा जिल्ला अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट धनकुटा अस्पताललाई हस्तान्तरण गर्न जापनी राजदुत साईगो मासामिच संग थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल थापा गृह जिल्ला धनकुटा गयका छन् ।