सुनुवाइ समितिले विवादित चारसहित १६ राजदूतको नाम बहुमतले अनुमोदन गर्‍यो

सुनुवाइ समितिले विवादित चारसहित १६ राजदूतको नाम बहुमतले अनुमोदन गर्‍यो

 ४ राजदूतको नाममा सांसदद्वय अर्याल र अधिकारीको फरक मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रस्तावित १६ राजदूतको नाम संसदीय सुनुवाइ समितिले बहुमतबाट अनुमोदन गरेको छ ।

सरकारले राजदूतमा १७ जनाको नाम प्रस्ताव गरे पनि श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय गर्ने समितिले जनाएको छ ।

जसपा नेपालका सांसद प्रकाश अधिकारी र रास्वपाका सांसद डोलप्रसाद अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा फरक मत राखेका छन् ।

याेपनि– राजदूतमा सिफारिस शर्मा, श्रेष्ठ, पण्डित र तिमल्सिनाबारे विवाद

श्रीलंकामा प्रस्तावित राजदूत भट्टराईको स्नातक पासको प्रमाणपत्र नभेटिएपछि…