एपीवानको नक्कली प्रेस कार्ड बनाएर चोरी गर्ने दुईजना पक्राउ


काठमाडाैं – लकडाउनको मौका छोपी नक्कली प्रेस कार्ड बनाएर चोरी गरेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया छन् । लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा जनाएकाे छ ।

महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले एरेर ५१ ब्वाइज होस्टलबाट चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविनको मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता भेटेको थियो ।

सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन AP1 टेलिभिजनको प्रेसकार्ड  प्रेस कार्ड देखाएका थिए ।

त्यसक्रममा खनतलासी लिँदा उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला परेको थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement