एकीकृत समाजवादीमा चर्कियो अपानि द्वन्द्व : अध्यक्ष नेपालको सर्कुलरमा झलनाथको विमति


काठमाण्डु – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा अन्तरपार्टी निर्देशन (अपानि) ले अन्तर्द्वन्द्व चर्किएको छ ।

पार्टीको भदौ ५–७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयलाई अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन (अपानि) मार्फत सर्कुलर गरेका थिए । तर पार्टीकै सम्मानित नेता झलनाथ खनालले अपानीका निर्णयबारे कुनै बैठकमा छलफल नभएको बताएका छन् ।

आज शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको आरोप लगाए । खनालले भने, ‘यो एकदम खतरनाक कुरा हो, यसमा कसैको पनि सहमति छैन ।’

यसअघि पार्टीका विभिन्न नेताहरूले पनि अपानिप्रति असन्तुष्टि जनाएका छन् । गण्डकी प्रदेशका नेता राजीव गुरुङ (दिपक मनाङे) ले केन्द्रीय परिषद् सदस्य पद अस्वीकार गरेका छन् ।

पार्टीले गरेको जिम्मेवारी बाँडफाँट र कार्यविभाजनप्रति अन्य नेताहरूले पनि असन्तुष्टि जनाएका छन् । यसअघि केन्द्रीय सदस्यद्वय राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्यागको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement