बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ

बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ शेर्पालाई धारिलो हतियार प्रहार गर्ने दुई जना प्रक्राउ परेका छन् । फरार रहेका उनिहरुलाई काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिकबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जिवन तामाङ रहेका छन् ।

उक्त चोक नजिक मोटरसाइकलमा आएका ७\८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको घटनाको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जिवनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।

उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।