लकडाउनको मौका छोपेर चोरी गर्ने दुई जना अपराध महाशाखाको फन्दामा


काठमाडौं– रातको समयमा मन्दिर फुंटाउंदै चोरी गर्ने तथा चोरीमा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् । लकडाउनको मौका छोपी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरीका घटनालाई न्युनिकरण गर्नको लागी प्रहरीको अपराध महाशाखा र महानगरिय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले दुई जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका सुजन तामांग र भोजपुर घर भएका पृथ्वी विक रहेका छन् ।

उनिहरु दुवै जना जेठ ३१ गते गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको आनन्द गणेश मन्दिरको ढोका फोडी प्रवेश गरी मन्दिरभित्र रहेको दान वाकसभित्र रहेको १० हजार र मुर्ति तथा नगद गरी १७ हजार वरावरको घनमाल चोरी गर्दा गर्दै प्रक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनाको हकमा महानगरीय प्रहरीको वौद्ध वृतबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी चन्द्रागिरी नगरपालिकाको रावल टोलमा बस्ने राजेश मानन्धरको घरमा प्रवेश गरी सुन तथा चांदीको गहना र टिभी समेतका धनमाल समेत गरि अन्दाजी १४ लाख बराबरको धनमाल चोरी गर्ने दोलखा निवासी रविन तामांग पनि प्रक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement