भारतबाट भित्र्याइएको ३२ लाखको कपडा बरामद


काठमाडौं– सशस्त्र प्रहरीले भारतको सीमावर्ती बजारबाट अधैध रुपमा नेपाल आयात गरिएको ३२ लाख मूल्य बढीको लुगाकपडा बरामद गरेको छ।

झापाको विर्तामोड नगरपालिका ५ त्रिवेणी चोकमा लुकाएर राखेको उक्त मूल्य बराबरको कपडा सशस्त्र प्रहरी बल प्रदेश १ बाहिनीको टोलीले बरामद गरेको हो।

डिआइजी मन्दिप श्रेष्ठका अनुसार सशस्त्र प्रहरीको टोलीले उक्त स्थान स्थित राजीव जैनको घरमा लुकाएर राखेको अवस्थामा ती कपडा बरामद गरेको हो।

जैनको उक्त घर तिन महिनादेखि भद्रपुर बस्ने चन्दन कामतले भाडामा लिएको र उक्त कपडा कामतले आफनो नभएको बताएपछि सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ।

बरामद गरिएको कपडा अनुसन्धानका लागि राजश्व अनुसन्धान इकाई इटहरीलाई बुझाएको छ । कपडा सहित पाँच महिनाको अवधिमा ४ करोड २६ लाख ६० हजार मूल्य बराबरका चोरी पैठारीका सामान बरामद गरी भन्सार र राजश्व अनुसन्धान इकाईलाई बुझाएको डिआइजी श्रेष्ठले जनाए।

प्रतिक्रिया दिनुहोस
Advertisement