फेवातालमा बोट पल्टिँदा अलपत्र १ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

फेवातालमा बोट पल्टिँदा अलपत्र १ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोखराको फेवातालमा बोट पल्टिँदा अलपत्र परेका १ जनाको सशस्त्र प्रहरी बल नेपालको टोलीले सकुशल उद्धार गरेको छ ।

बुधबार पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर १ जना अलपत्र परेपछि सशस्त्रले उद्धार गरेको हो ।

तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।

फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएकोे टोलीले उनलाई सकुशल उद्धार गरेको छ ।