बिलबिजक विनाको लत्ताकपडा बरामद

बिलबिजक विनाको लत्ताकपडा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–२ हेवीबाट सशस्त्र प्रहरीले बिलबिजक विनाको लत्ताकपडा बरामद गरेको छ ।

हेटौंडाबाट काठमाण्डुतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५३९ नम्बरको यात्रुबाहक ईभी गाडीमा शंका लागि चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको ६ बोरा सर्टिङ सुटिङको कपडा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीले बरामद गरेको हो ।

कपडा काठमाण्डु लैजान भनी हेटौँडा बजारबाट अपरिचित व्यक्तिले गाडीमा राखेको र आफू मोटरसाइकलमा आउँछु भने पनि सम्पर्कमा नआएको गाडी चालकले बताएका छन् । बरामद लत्ताकपडा सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।