एसएसपी मिश्रसहित तीन सशस्त्र प्रहरी र एक ठेकेदार भ्रष्टाचारी ठहर

एसएसपी मिश्रसहित तीन सशस्त्र प्रहरी र एक ठेकेदार भ्रष्टाचारी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले सशस्त्र प्रहरीका तीन जना र एक जना ठेकेदारलाई भ्रष्टाचारी ठहर गरेको छ।

विशेष अदालतले नौबस्ता बाँकेमा कार्यरत रहँदा सामान खरिदमा अनियमितता मुद्दामा सशस्त्रका एसएसपी गोपाल मिश्र, इन्सपेक्टर चित्रबहादुर केसी, हवल्दार नयनवहादुर ओलीलाई र ठेकेदार राजु रावललाई भ्रष्टाचारी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले चार जनासँग बिगो, जरिवाना र कैदसँगै थप ४२ लाख ११ हजार २ सय भराउनुपर्ने ठहरसमेत गरेको छ।

विशेषले मिश्र र केसीलाई बिगोको दामासाही हुनेगरी आधाआधा भराउने फैसला सुनाएको छ। उनीहरुलाई जनही ६३ लाख १६ हजार ८ सय ९६ रुपैयाँ र सो बराबर जरिवाना हुने फैसला विशेषले सुनाएको छ।

उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २६ लाख बराबरको ठेक्काका अनियमितता गरेको भन्दै २०७३ भदौ ६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।