एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बारा जिल्लाको कलैया उपमहानगरपालिका १० पकडीघाटबाट फागुन २२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २७ सिसुवा महेशपुर बस्ने ५० वर्षिया सुधा मिया राम छिन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला निजको साथबाट प्रोमेथाईन ४ सय वटा, नोफिन ४ सय वटा र डाईजीपाम ४ सय वटा बरामद गरेको छ ।

यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट फागुन २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

फक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टि गाउँपालिका ७ बस्ने दिपेशकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३ वटा, डाईजेल्याव ३ वटा, फेनारागन ३ वटा र नोफिन ३ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।