काठमाडौं – सप्तरीमा दुई जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
आइतबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरी जवानले दुई जनामाथि निर्मम तरिकाले लाठीले हिर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त घटनालाई लिएर धेरै गुनासो आएपछि एसएसपी गणेश राणामगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।
छानबिनपछि उनलाई विभागीय कारबाही हुने सशस्त्रका डिआइजी प्रविन कुमार श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया