सशस्त्र प्रहरीको पोष्टमा भारतीयको आक्रमण, हतियार खोस्ने प्रयास

सशस्त्र प्रहरीको पोष्टमा भारतीयको आक्रमण, हतियार खोस्ने प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सीमाको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् ।

शुक्रबार बिहान भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेका हुन् ।

सशस्त्र प्रहरीले रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी प्रविण श्रेष्ठले बताए ।

सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको उनले बताए ।

सशस्त्र प्रहरी बलले १० राउण्ड हवाई फायर गरेको छ । आक्रमणकारी तीन जना घाइते भएका छन् । हतियार खोस्न आउने केही व्यक्ति पक्राउ परेको जनाएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सीमा क्षेत्रमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने र सशस्त्र प्रहरी बलले रोक्न खोज्दा बारम्बार झडप हुँदै आएको छ ।