सशस्त्रका जवान जिँउदो सालकसहित लोकन्थलीबाट पक्राउ

सशस्त्रका जवान जिँउदो सालकसहित लोकन्थलीबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले जिउँदो सालकसहित तीन जनालाई पक्राउ गरेको छ।

बुधबार प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा जिउँदो सालक लिएर हिँडिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, भक्तपुरबाट प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले धादिङ सिद्धलेक गाउँपालिका—३, का २७ वर्षीय धुर्व बहादुर मगर, त्यस्तै सोही ठाउँका ३१ वर्षीय भिम बहादुर मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका भीम सशस्त्र प्रहरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।