काठमाडौं– चैनपुर संखुवासभामा सशस्त्र प्रहरीको गाडीमा काठ तस्करी प्रकरणका लागि छानबिन समिति गठन भएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले शुक्रबार सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिमा सशस्त्र प्रहरी उपरिक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायब उपरिक्षक कमलप्रसाद तिम्लिसिना सदस्य छन्।
सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म, चैनपुर संखुवासभाको गाडीमा अवैध रुपले काठ राखेर अन्यत्र लैजान लागेको अवस्थामा सशस्त्र प्रहरी
बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाले पक्रेको भन्ने घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न छानबिन समिती गठन गरेको हो ।




प्रतिक्रिया