संकटालाई एपिएफले हरायो

संकटालाई एपिएफले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले संकटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ ।

प्रतियोगिता संकटा समान ६ खेलबाट ५ अंकका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे ।

खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।

खेलको  ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदैछ ।