सशस्त्र प्रहरीका गोताखोरले निकाले सेती नदीमा बेपत्ता युवकको शव

सशस्त्र प्रहरीका गोताखोरले निकाले सेती नदीमा बेपत्ता युवकको शव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल पोखरा महानगरपालिकास्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोर सहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करीब डेढ घण्टापछि उनको शव बाहिर निकालेको सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।