सशस्त्र प्रहरीको एआईजी बढुवामा गणेश ठाडा मगरको नाम सिफारिस

सशस्त्र प्रहरीको एआईजी बढुवामा गणेश ठाडा मगरको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालमा रिक्त एआईजी पदमा बढुवाका लागि गणेश बहादुर ठाडा मगरको नाम सिफारिस गरेको छ ।

मन्त्रालय अन्तर्गतको सिफारिस समितिले वरीयतामा १ नम्बरका डीआईजी कमल गिरीलाई छाडेर गणेश बहादुर ठाडा मगरलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

समितिका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहीबार सूचना प्रकाशित गर्दै बढुवा सिफारिसबारे जानकारी दिएका छन् ।

गत बैशाख १४ गते बढुवाका लागि आवेदन आह्वान भएपछि एआईजी ९ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा कमल गिरी र गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल रहेका थिए ।