करीब २५ फिट गहिराइबाट सशस्त्रका गोताखोरले निकाले बेपत्ता पुरुषको शव

करीब २५ फिट गहिराइबाट सशस्त्रका गोताखोरले निकाले बेपत्ता पुरुषको शव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १ जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

भरतपुर महानगरपालिका–१५ सुर्यनगर बस्ने १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदीको साइडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको गोताखोर सहितको सुरक्षा फौजले घटनास्थलको करीब २५ फिट गहिराइबाट उनको शव निकालेको छ ।