काठमाण्डु – विपद्जन्य घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले उद्धार र खोजको कार्यलाई तीव्रता दिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटले जिल्लामा भएका ४० आगलागीका घटना नियन्त्रण, ८ वटा नदी तथा खोलाले बगाएका घटनामा खोजतलासबाट ८ जनाको शव नदीबाट निकालेको जनाएको छ। यस्तै ६२ वटा सवारी दुर्घटनाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका ५८० जना सशस्त्र प्रहरी परिचालित भएको सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए।




प्रतिक्रिया