बबई नदीको बिचमा फसेका २ जनाको सकुशल उद्वार

बबई नदीको बिचमा फसेका २ जनाको सकुशल उद्वार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ बालापुरस्थित बबई नदीको बिच भागमा फसेका २ जनाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

स्थानीय ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारु गाईवस्तु चराउन गएको समयमा एक्कासि पानीको बहाव बढेपछि नदीको बिच भागमा फसेका थिए ।

त्यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्वार गरेको छ । उद्वार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको छ ।

त्यसैगरी, बबई नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्न सक्ने सम्भावित स्थानहरूमा सशस्त्र प्रहरी परिचालन भई सुरक्षित स्थानमा रहन भनिएको छ । बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहाँ पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा तह मानिन्छ ।

डुबानमा पर्नसक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दिया मातहत र नम्बर ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ ।